उदयपुरको चौण्डीगढीमा किशोरी र एक युवकको शव शंकास्पद अवस्थामा फेला

काठमाडौं । उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा शंकास्पद अवस्थामा एक किशोरी र एक युवकको शव फेला परेको छ । आज (बुधबार) विहान २८ वर्षीय रविन राई र १४ वर्षीया मञ्जु राईको शव फेला परेको हो ।

मञ्जुको शव बाटोमा फेला परेको थियो भने रविन झुन्डिएको अवस्थामा फेला परेका थिए । उनीहरु दुई जनाको शव २ सय मिटरको दुरीमा फेला परेको छ ।

चौण्डीगढी नगरपालिका–४ का वडाध्यक्ष लुंगाराज राईले शव पोस्टमार्टमका लागि धरान लगिएको बताए । ‘मञ्जु बाटोमा लडिराखेको अवस्थामा फेला परेको हो । दुवै जनाको घर वडा नं. ४ भित्रै पर्छ । रविन झुण्डिएको अवस्थामा हामीले फेला पारेका थियौं । अहिले पोस्टमार्टमका लागि धरान गइरहेका छौं,’– उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *