बीबीसी । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । भागीरथी नदी नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् ।
हेलिकप्टर तीर्थयात्रीहरू बोकेर बद्रीनाथबाट देहरादून जाँदै थियो । भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गंगानानीमा भएको हो । हेलिकोप्टरमा ६ यात्रु र पाइलट थिए ।