इरान-इजरायल तनाबबारे ट्रम्प र पुटिनबीच टेलिफोन वार्ताबीबीसी ।

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बिहान टेलिफोन वार्ता भएको छ । इरान र इजरायलबीचको तनावका बेला दुई नेताबीच टेलिफोन वार्ता भएको ह्वाइट हाउसले जनाएको छ ।

रूसी विदेश नीति सल्लाहकार युरी उसाकोवका अनुसार, ट्रम्पसँग ५० मिनेट भएको कुराकानीमा राष्ट्रपति पुटिनले इरानविरुद्ध इजरायली अभियानलाई निन्दा गरेको बताएको बीबीसीले जनाएको छ ।

पुटिनसँग ट्रम्पले इजरायल र इरानबीचको तनावकाबारेमा कुराकानी गरेको बताए शनिबार क्रेमलिनका प्रवक्ताले मध्यपूर्वमा भएको तनावलाई निन्दा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *