इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको छ। इरानी सरकारी टेलिभिजनका अनुसार इरानले अमेरिकी नियन्त्रणमा रहेको अल उदीद एयर बेसमा मिसाइल प्रहार गरेको हाे।

यस मामिलाबारे जानकारी राख्ने एक अधिकारीले पनि इरानले सो बेसमा मिसाइल आक्रमण गरेको पुष्टि गरेको सिएनएनले लेखेको छ ।

गत सप्ताहान्तमा भएका आक्रमणहरूपछि इरानबाट अमेरिकी सैन्य संरचनाहरू लक्षित हुन सक्ने सम्भावनाको पूर्वानुमान गर्दै अमेरिकी अधिकारीहरू तयारी अवस्थामा रहेका थिए।

अल उदीद एयर बेस मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डा हो, जसले क्षेत्रीय सुरक्षा तथा अमेरिकी सेनाको रणनीतिक तैनाथीका लागि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।

यस्तै कतारले आफ्नो आकाशमा उडान रद्द गरेको छ । भने अमेरिका र बेलायतले कतारमा रहेका आफ्ना नागरिकलाई बाहिर ननिस्कन आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *