इजरायली आक्रमण जारी रहेसम्म आणविक वार्ता सम्भव छैन: इरानी राष्ट्रपति

इरानका राष्ट्रपति मसउद पेसेश्कियानले इजरायलको आक्रमण जारी रहँदासम्म इरान आणविक वार्तामा नबस्ने बताएका छन् । 

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले शनिबार पेसेश्कियानसँग टेलिफोन संवाद गर्दै स्थिति नियन्त्रणमा राख्न अत्यधिक संयमता अपनाउन आग्रह गरेका थिए। साथै, उनले इरानलाई यथासक्य चाँडो आणविक वार्तामा फर्कन आवश्यक रहेको बताए।

तर, इरानी राष्ट्रपति पेसेश्कियानले म्याक्रोंलाई जवाफ दिँदै भने, “जबसम्म इजरायली आक्रमण जारी रहन्छ, त्यति बेला कुनै पनि वार्ताको सहयोग गर्न सकिँदैन।”

यसअघि नै आइतबारको लागि तय गरिएको अमेरिका–इरान आणविक वार्ता रद्द गरिएको घोषणा भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *