आरसीबीको विजय यात्रामा भागदौड हुदा १० जनाको मृत्यु, ५० भन्दा बढी घाइते

आईपीएल च्याम्पियन रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी) को विजय यात्राका क्रममा चिन्नास्वामी स्टेडियम बाहिर भागदौड मच्चिदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

भागदौडमा कैयौं १० जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ ।

आरसीबीको आईपीएलको जितको उत्सव अभियान मनाउन कर्नाटक राज्य सरकारले आयोजना गरेको कार्यक्रममा खराब योजना र भीडको व्यवस्थापन राम्रोसंग हुन नसकेपछि भागदौड मच्चिएको मिडिया रिपोर्टमा उल्लेख छ । स्टेडियमको गेट नम्बर १ बाट भागदौड शुरु भएको बताइएको छ ।

मंगलबार राति सम्पन्न आइपिएल फाइनल जितेपछि आरसीबीको टिम आज बैंगलुरु फर्किएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *