काठमाडौँ । तीन वटा मन्त्रालय सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आज (सोमबार) राजनीतिक पार्टी दर्ता गराउने भएका छन् ।
कुलमाननिकट एक व्यक्तिका अनुसार आज निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ। नयाँ दर्ता गरिने पार्टीको नाम ‘जनसेवा पार्टी’ रहने उनको भनाइ छ। ‘पार्टी अध्यक्षमा कुलमान नै हुने छन्। उनी अध्यक्ष भएनन् भने पूर्वऊर्जा सचिव डा. अनुपकुमार उपाध्यय हुने सम्भावना छ,’ उनले भने, ‘यसबारे सोमबार बिहान टुंगो लाग्नेछ।’
कुलमाननिकट व्यक्तिहरूको बैठक हिजो (आइतबार) दिनभरि काठमाडौंको बौद्धमा बसेको थियो। सोमबार बिहान फेरि बैठक बस्नेछ। बैठकमा नयाँ पार्टी गठनका लागि सक्रिय रहेका मुख्यमुख्य व्यक्तिहरू सहभागी थिए। बैठकले पार्टीको रूपरेखा तयार पारेको छ।
स्रोतका अनुसार उक्त पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) को पनि समर्थन रहने दाबी गरिएको छ। स्रोतका अनुसार उनी स्वयं भने पदमा रहने छैनन्। बालेनका प्रतिनिधिहरू भने उक्त पार्टीमा संलग्न हुने छन्।