आज देशभर मौसम सफा रहने

काठमाडौँ ।  मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाको मौसम स्थिति सार्वजनिक गरेको छ । सोमबार बिहान ८ बजे सार्वजनिक बुलेटिनअनुसार देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेकाले मौसम अधिकांश ठाउँमा सफा रहने जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति भने देशभर मौसम पूर्ण रूपमा सफा रहने महाशाखाको पूर्वानुमान छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *