‘आइएईए’ टोली दुई साताभित्र इरानको भ्रमणमा

तेहरान । इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माईल बाघाईका अनुसार,आणविक ऊर्जा संस्था (आइएईए) को टोली आउँदो दुई साताभित्र इरानको भ्रमणमा आउने कार्यक्रम तय गरिएको छ ।

शबाघाईका अनुसार, यस भ्रमणको क्रममा इरानले आइएईएसँग भविष्यमा गर्ने सहकार्यसम्बन्धी मार्गदर्शन दस्तावेज पनि प्रस्तुत गर्नेछ ।

उक्त दस्तावेज हालसालै इरानी संसदले पारित गरेको एक कानुनी प्रस्तावमा आधारित हुनेछ, जसमा आइएईएसँगको सहकार्यमा केही सीमा तोकिएको छ ।

गत जुन २५ सन् २०२५ मा इरानको संसदले एउटा नयाँ कानुन पारित गरेको थियो, जसअनुसार अन्तर्राष्ट्रिय आणविक ऊर्जा संस्थासँगको सहकार्य केही हदसम्म स्थगित गर्नुपर्ने प्रावधान गरिएको थियो ।

त्यसपछि, इरानका परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले गत बुधबार जानकारी दिँदै, इरानले आइएईएको प्राविधिक टोलीलाई स्वागत गर्न सहमति जनाएको स्पष्ट पार्नुभएको थियो ।

यो भ्रमण इरान र अन्तर्राष्ट्रिय समुदायबीच विश्वासको वातावरण निर्माण गर्न, पारदर्शिता कायम राख्न तथा आणविक कार्यक्रमसम्बन्धी प्राविधिक छलफललाई अघि बढाउन महत्त्वपूर्ण हुने विश्वास गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *