अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ सतुङ्गलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ४५ ट्याब्लेट र नगद ८ हजार ५ सय ८५ रूपैयाँ सहित ५ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१४ घर भएका २९ वर्षीय मनिष खड्का, सोही नगरापालिका–१० घर भएका २५ वर्षीय सुजन रूम्बा, सोही नगरपालिका–४ डेरा गरी काभ्रे पनौती नगरपालिका–३ घर भएका २७ वर्षीय रबिन तामाङ, चन्द्रागिरी नगरपालिका–१० डेरा गरी बस्ने सिन्धुली घर भएका २२ वर्षीय बिक्रम साह शंकर र सोही नगरपालिका–८ घर भएका ३० वर्षीय साजन राउत रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

मोरङको सुनवर्षी नगरपालिका–९ डायनियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६३ ग्राम १ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार सिक्टी ग्राम पंचायत–१३ सहिदाबार बस्ने ३२ वर्षीय सद्दाम हुसेन र भारत अररिया सिक्टी ग्राम पंचायत–६ रÞहनीकट्टा बस्ने ३२ वर्षीय शेर मोहमद रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले झपडतलबाट डायनियातर्फ आउँदै गरेको बिआर ३७ एसी ६७९५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

धनकुटाको शहिदभुमी गाउँपालिका–६ सुकेआलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय ५० मिलिग्राम सहित सोही गाउँपालिका–५ बस्ने २३ वर्षीय सुवास राईलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले प्रदेश नम्बर १–०२–०४८ प ४८९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

बर्दियाको गुलरिया नगरपालिका–७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही नगरपालिका–६ बस्ने ३२ वर्षीय नसिप मनिहारलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुरको हेटौडा उपमहानगरपालिका–२ सानोपोखरा चोकस्थित चिया पसलबाट अवैध लागूऔषध गाँजा ५० ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ८८ ट्याब्लेट सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भिमफेदी गाउँपालिका घर भएका ४२ वर्षीया सरस्वती मुक्तान, भारत मोतिहारी बस्ने २३ वर्षीय सुल्तान खान र १६ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले सरस्वतीको चिया पसलबाट उक्त लागूऔषध फेला सहित उनीहरूलाई पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका–५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ लाख ३ हजार ८ सय ट्याब्लेट, ट्रामाडोल १ हजार ८ सय ७० एम्पुल, Tramadol and Acetaminophen ४ हजार ५० ट्याब्लेट र डाइक्लोमाइन ९७ हजार ट्याब्लेट सहित अर्जुनधारा नगरपालिका–६ बस्ने २५ वर्षीय बिनोद घिमिरेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बिनोद र बिर्तामोड नगरपालिका–५ बस्ने ५० वर्षीय भानुभक्त खरेलले कोठा भाडामा लिई नियन्त्रित लागूऔषध भण्डारण गरी राखेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी बिनोदलाई पक्राउ गरेको हो । हाल फरार भानुभक्तको प्रहरीले खोजी गरिरहेको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय २० मिलिग्राम सहित लेकवेशी नगरपालिका–३ गोरामारे बस्ने २८ वर्षीय कृष्ण बहादुर कार्कीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरीको कोशी गाउँपालिका–१ भन्सार रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित सप्तरी हनुमानगर कंकालिनी नगरपालिका–९ बस्ने २१ वर्षीया प्रतीक्षा रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा पक्राउ

डडेलधुरामा आफ्नै श्रीमती ४० वर्षीया खिमा देवी भुलको हत्या गरेको अभियोगमा गन्यापधुरा गाउँपालिका–३ डिल बस्ने ५४ वर्षीय करन भुललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । करनले बिहीबार राति हँसिया प्रहार गरी खिमाको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

रूपन्देहीमा सियारी गाउँपालिका–३ कुरमार बस्ने २८ वर्षीय नागेश्वर चौधरीको हत्या गरेको अभियोगमा सोही गाउँपालिका–८ गठुवा बस्ने २४ वर्षीय पाहलद थारूलाई प्रहरीले पक्राउ गरेको छ । पाहलदले बुधबार कुटपिट गर्दा नागेश्वर गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । कुटपिटबाट गम्भीर घाइते भएका नागेश्वरको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पेस्तोल सहित दुई जना पक्राउ

बीरेन्द्रनगर नगरपालिका–८ बाट चाईनिज पेस्तोल १ थान, म्याग्जिन २ थान, गोली १२ राउण्ड, जरायोको सिङ १ थान, नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय ६० ट्याब्लेट र नाइट्राजेपाम ४ सय ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २३ वर्षीय बिधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले बिधानको घर तलासी गर्दा उक्त हातहतियार र लागूऔषध फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका–७ नयाँबस्ती टोल बस्ने ३८ वर्षीय बालकृष्ण श्रेष्ठलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बालकृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

चन्द्रागिरी नगरपालिका–११ डेरा गरी बस्ने मकवानपुर थाहा नगरपालिका–११ घर भएका ४२ वर्षीय साईला गोलेको कोठामा जुवातास खेलिरहेको अवस्थामा साईला समेत १३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार २ सय ६५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपलिका–१० प्रगतिनगर बस्ने लमजुङ सुन्दरबजार नगरपालिका–१ घर भएका ३९ वर्षीय बिजय मिश्र र काठमाडौं महानगरपालिका–२६ रानीवारी बस्ने बाग्लुङ, बाग्लुङ नगरपालिका–१३ घर भएका २८ वर्षीय अमित पाठक रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत लमजुङको फैसलाले उक्त मुद्दामा १ दिन कैद, २ लाख रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ८ हजार रूपैयाँ क्षतिपूर्ती शुल्क भराउने सजाय ठहर भई फरार रहेका बिजयलाई काठमाडौं महानगरपालिका–१६ वनस्थलीबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भई फरार रहेका अमितलाई तार्केश्वर नगरपालिका–८ जरंखुबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ मध्ये बिजयलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय भोटेओडार र अमितलाई प्रहरी वृत्त बानेश्वर पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *