काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको अवधिभन्दा पहिला नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पद हस्तान्तरण गर्ने बताएका छन् ।
स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले म्याड्रिडस्थित नेपाली राजदूतको निवासमा आयोजित प्रवासी नेपाली मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै १०/१५ दिन अगावै देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गरिने बताएका हुन् ।
‘मैले दुई वर्ष सरकारको नेतृत्व गर्ने कुरा हो। तर, त्यो अवधि सकिएपछि मात्र सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने छैन, बरु १०/१५ दिन अगावै देउवाजीलाई पद सुम्पिन्छु,’– प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार २०८४ को निर्वाचनअघिसम्मै कायम रहनेसमेत बताए । उनले गठबन्धनमा कुनै पनि प्रकारको समस्या नरहेको बताए ।
