अमेरिका भन्सार शुल्क वार्ताका लागि चीनसँग सम्पर्क गर्दै

बेइजिङ । संयुक्त राज्य अमेरिकाका अधिकारीहरूले आफ्ना चिनियाँ समकक्षीहरूसँग बजार र विश्वव्यापी आपूर्ति श्रृङ्खलालाई बिगारेको विशाल भन्सार शुल्कहरूका बारेमा वार्ताका लागि सम्पर्क गरेको बेइजिङ समर्थित आउटलेटले बताएको छ ।

धेरै चिनियाँ उत्पादनमा एक सय ४५ प्रतिशतमा पुगेको अमेरिकी भन्सार शुल्क अप्रिलमा लागु भएको थियो भने बेइजिङले संयुक्त राज्य अमेरिकाबाट आयातमा एक सय २५ प्रतिशत ताजा भन्सार शुल्क लगाएर जवाफ दिएको छ ।

बिहीबार राज्य प्रसारणकर्ता सिसिटिभीसँग जोडिएको चिनियाँ आउटलेट युयुआन टान्टियनले स्रोतलाई उदृत गर्दै वासिङ्टनले भन्सार शुल्कमा वार्ताका लागि ‘धेरै च्यानल’ मार्फत चीनसँग ‘सक्रिय रूपमा’ सम्पर्क गरिरहेको बताएको छ ।

“वार्ताको दृष्टिकोणबाट अमेरिका हाल बढी चिन्तित पक्ष हो”, समाचार रिपोर्टिङसँग विश्लेषण मिलाउने आउटलेटले एक्स जस्तै जस्तो प्लेटफर्म वेइबोमा भन्यो, “ट्रम्प प्रशासनले धेरै दबाबको सामना गरिरहेको छ ।”
एएफपीले टिप्पणीका लागि चीनको विदेश मन्त्रालयलाई सम्पर्क गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले भन्सार शुल्कहरूमा वार्ताका लागि सम्पर्क गरेको छ भन्दै बारम्बार दाबी गरेका छन् ।

बुधबार ट्रम्पले ‘हामीले सम्झौता गर्ने धेरै राम्रो अवसर छ’ भनेर दोहो¥याउनुभयो । “तर हामी यसलाई हाम्रो सर्तमा बनाउन जाँदैछौँ र यो निष्पक्ष हुनुपर्दछ”, उनले न्युजनेसनको टाउन हललाई भने ।

बेइजिङले कुनै पनि वार्ता भइरहेको कुरा अस्वीकार गर्दै संयुक्त राज्य अमेरिकालाई ‘निष्पक्ष, सम्मानजनक र पारस्परिक’ तरिकाले वार्तामा संलग्न हुन बारम्बार आग्रह गरेको छ ।

तर चीनले यदि आवश्यक परेमा व्यापार युद्धलाई अन्तिम क्षणसम्म लड्ने बताएको छ । यस हप्ता चीनको विदेश मन्त्रालयद्वारा सामाजिक सञ्जालमा पोस्ट गरिएको एक भिडियोले ‘कहिल्यै पनि घुँडा नटेक्ने !’ प्रतिज्ञा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *