अध्यक्ष ओली आयोगमा बयान दिन जानुपर्छ, अवज्ञा गर्नु हुँदैन : ईश्वर पोखरेल

काठमाडाैँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओली गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा बयान दिन जाने दाबी गरेका छन्। एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको पोखरेलले बुधबार सम्पादकसँग कुराकानी गर्दै यस्तो बताएका हुन्।

‘त्यो आयोगमा बयान दिन जाने कुरा स्वाभाविक हो,’ पोखरेलले भने, ‘म भएको भए अझै अगाडि नै गएर बयान दिन जाने थिएँ। त्यसको अवज्ञाले राम्रो गर्दैन।’ यद्यपि आयोगका अध्यक्ष कार्कीमाथि प्रश्न उठेको भने उनले बताए।

‘आयोगको अध्यक्ष जसलाई बनाइयो, उहाँले जसरी आफूलाई मान्यताको रूपमा उभ्याउनुभयो, त्यसमा प्रश्न पनि छ,’ उनले भने। तर, अध्यक्ष ओलीले आयोगमा बयान दिन जाने, लागेको कुरा र तथ्यहरू प्रस्तुत गर्नुपर्ने उनले बताए। उनले अगाडि भने, ‘हाम्रो अध्यक्ष पनि जानुहुन्छ भन्ने मलाई लाग्छ।’

भदौ २३ को जेन–जी आन्दोलन र २४ गतेको विध्वंसका घटनाको छानबिन गर्न सरकारले पूर्व न्यायाधीश कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको छ। तर, आयोग गठन हुनु अगावै कार्कीले दिएका बयानहरू विवादित छन्। सोही कारण एमाले अध्यक्ष ओलीले उक्त आयोगलाई इन्कार गर्दै बयान दिन नजाने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *