अधिवेशनलाई निरन्तरता दिन र असार १५ सम्म पूर्णकालीन सदस्यता बाढ्न अध्यक्ष गुरुङको परिपत्र

काठमाडौं । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले सबै जिल्ला कार्यसमितिलाई दुई बुदे परिपत्र जारी गरेका छ्न् । अध्यक्ष गुरुङले नेपाली काङ्ग्रेस पार्टीद्वारा गठित दलको ५औं महाधिवेशन निर्देशन समितिको निर्देशनअनुसार परिपत्र जारी गरेका हुन् ।

जिल्लाको वडा, पालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्रमा सदस्यता लिन छुट भएकाहरुलाई ध्यानमा राखी २०८२ असार १५ गतेसम्म पूर्णकालीन सदस्यता फाराम वितरण गरेपश्चात मात्र अधिवेशन गर्न जिल्ला कार्यसमितिहरुलाई अध्यक्ष गुरुङले निर्देश्न दिएका छन् ।

अध्यक्ष गुरुङले काङ्ग्रेस र महाधिवेशन निर्देशन समितीसँग समन्वय गरी दलको पाँचौ महाधिवेशन छिट्टै सम्पन्न गर्न नेपाल तरुण दल केन्द्रीय कार्यलय देशिभरिको सम्पूर्ण जिल्लाहरुमा क्रियाशील भएर अभियानको रुपमा लागिरहेको जानकारी गराएका छन् ।

पाँचौ महाधिवेशनअन्तर्गत जिल्लामा भैरहेका अधिवेशनको कार्यहरुलाई निरन्तरता दिन निर्देशन दिदै अध्यक्ष गुरुङले जिल्लामा नपुग आवस्यकता सदस्यता फारामहरु केन्द्रीय कार्यालयमा सम्पर्क गरि लिन जिल्ला कार्यसमितिलाई परिपत्र गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *