अग्नि सापकोटाको मुद्दा अगाडि बढाउने आदेशबारे माओवादीले पूर्णपाठ आएपछि मात्रै धारणा बनाउने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाको मुद्दाको सन्दर्भमा सर्वोच्च अदालतले पूर्णपाठ सार्वजनिक गरेपछि मात्रै आफ्नो धारणा बनाउने भएको छ । आज (बिहीबार) बसेको पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपाध्यक्ष सापकोटाले उक्त मुद्दाको बारेमा भएको आदेशमा अहिले पार्टीभित्र खासै छलफल नभएको बताए । प्रवक्ता सापकोटाले अदालतको विषय पूर्णपाठ नआइकन बोल्नु उचित नहुने भएकाले पूर्णपाठलाई राम्रोसँग अध्यायन गरेर धारणा सार्वजनिक गरिने बताए ।

‘यसमा धेरै छलफल गर्नुपर्ने आवश्यकता छैन । मैले नै हिजो पनि भनिसकेको छु । कुनै पनि कुराको टिप्पणी गर्दाखेरी, धारणा व्यक्त गर्दाखेरी त्यसको धेरै अध्ययन गर्नुपर्छ । अहिले लिखित पनि आएको छैन । आ–आफ्नै ढंगले प्रचार गरेका छन् । त्यो प्रचारमा पनि त्यतिधेरै सत्यता छैन । त्यो आफ्नै हिसाबले प्रचार गरेका छन् । मैले हिजो भनेजस्तै अहिले पनि भन्ने कुरा के हुन्छ भने यहाँ धेरै छलफल गर्नुपर्ने आवश्यकता नै भएन । जब पूर्णपाठ आउँछ नि । त्योृ पूर्णपाठ आएपछि, त्यसलाई राम्रोसित अध्यान गरिसकेपछि राम्रोसित धारणा व्यक्त गर्ने कुरा नै ठीक हुन्छ । अदालती कुराहरु अंशमा टिप्पणी गर्नु त्यति परिपक्वता देखिँदैन । पूर्णपाठ आएपछि हामी पछि छलफल गरौंला,’– उनले भने ।

काभ्रेका अर्जुन लामा हत्या प्रकरणका सर्वोच्चले हिजा मुद्दा अगाडि बढाउन भन्दै आदेश जारी गरेको छ । द्वन्द्वकालीन मुद्दाको छिनोफानो टीआरसी ऐन र आयोगमार्फत हुनुपर्नेमा नियमित अदालतमा प्रवेश गरेको प्रति माओवादीले आपत्ति जनाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *