अख्तियारद्वारा मोहन बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

काठमाडौ । अख्यितार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री मोहन बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्यितारले तत्कालीन सूचना तथा सञ्चार मन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुमाथि टेरामक्स खरिद प्रकरणमा अनियमितता गरेको आरोप छ । उनीहरुबाट ३ अर्ब २१ करोड, ८३ लाख ७७ हजार १८२ विगो मागदाबी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *